+

कर्णाली याक्सका अध्यक्षको प्रतिक्रिया : एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक

२०८३ कात्तिक  २ गते १६:२० २०८३ कात्तिक २ गते १६:२०

२ कात्तिक, काठमाडौं । कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिले नेपाल प्रिमियर लिग (एनपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिनुलाई ऐतिहासिक उपलब्धि बताएका छन्।

उनले आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास, खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव र क्लबबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने बताए।

मान्यतासँगै क्लबले आफूले चाहेका स्तरीय टेस्ट खेलाडी भित्र्याउन पाउने बाटो खुलेको उल्लेख गर्दै घिमिरेले यसले लगानीकर्ता र निजी क्षेत्रलाई समेत सुरक्षा प्रदान गर्ने बताए।

एनपीएलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान बढाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने उनको भनाइ छ।

आईसीसी एनपीएल कर्णाली याक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय