+

आईसीसीबाट एनपीएल क्रिकेटलाई आधिकारिक मान्यता

२०८३ असोज  ३० गते १८:४८ २०८३ असोज ३० गते १८:४८

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको जानकारी दिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगले आईसीसीबाट आधिकारिक टी-२० मान्यता पाएको क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
  • मान्यता पाएसँगै एनपीएलका फ्रेन्चाइज टोलीले अब विदेशी खेलाडी निर्वाध रूपमा अनुबन्ध गर्न सक्नेछन्।
  • यसअघि आईसीसीले टेस्ट राष्ट्रका बढीमा ४ खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति दिएको थियो।

२३ असोज, काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) ले आईसीसीबाट आधिकारिक टी-२० मान्यता पाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको जानकारी दिएको हो ।

यसअघिका दुई संस्करणमा आईसीसीले एनपीएललाई मान्यता दिएको थिएन ।

मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन् ।

यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा ४ खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति मात्र दिएको थियो ।

अब भने फ्रेन्चाइजले अनुबन्ध गर्ने विदेशी खेलाडीको संख्यामा कुनै सीमा लाग्ने छैन ।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सञ्चालन हुनेछ । लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आईसीसीको मान्यता एनपीएल एनपीएल २०२६ नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय