+

नेपालमा आईसीसी एसिया सम्मेलन हुने

२०८३ असोज  ३० गते १८:१८ २०८३ असोज ३० गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीको आयोजनामा आगामी १९ देखि २१ नोभेम्बरसम्म नेपालमा आईसीसी एसिया सम्मेलन हुने भएको छ, र प्रतिनिधिहरू १७ नोभेम्बरदेखि आउन सुरु गर्नेछन्।
  • क्यानको व्यवस्थापनमा हुने सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त र एसोसिएट राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका उच्चपदस्थ प्रतिनिधि सहभागी हुनेछन्।
  • सम्मेलनमा क्रिकेटको विकास, विस्तार, सहकार्य र दिगो प्रवर्द्धनबारे छलफल हुने क्यानले जनाएको छ।
  • विदेशी प्रतिनिधिहरूले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्।

३० असोज, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने भएको छ। नोभेम्बर १७ देखि नै प्रतिनिधिहरू आउने छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनमा हुने सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका आधिकारिक प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी हुने क्यानले जनाएको छ।

क्रिकेटको विकास, विस्तार, आपसी सहकार्य र खेलको दिगो प्रवर्द्धनका विषयमा सम्मेलनमा छलफल हुनेछ। सम्मेलनले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति थप सुदृढ बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने क्यानको विश्वास छ।

सम्मेलनबाट नेपाली क्रिकेटको संस्थागत विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।

सम्मेलनमा सहभागी हुन नेपाल आउने विदेशी प्रतिनिधिहरूले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतका इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्।

आईसीसी आईसीसी एसिया सम्मेलन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय