+
+
Shares

काठमाडौंबाट झण्डै ११ हजार लिटर घरेलु मदिरा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३० गते ९:०३
Photo Credit : Nepal Police

३० वैशाख, काठमाडौं । काठमाडौंका बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानबाट प्रहरीले १० हजार ९ सय लिटर अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ ।

आइतबार दिउँसो करिब ३ बजेदेखि साँझ साढे ६ बजेसम्म प्रहरीले बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १०, ११ र १२ तथा गोकर्णेश्वर नगरपालिकाको त्रिवेणी चोक लगायतका स्थानमा छापा परेर अवैध मदिरा नियन्त्रणमा लिएको थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नरेन्द्र चन्दको कमाण्डमा महानगरीय प्रहरी प्रभाग कपनसमेत संयुक्त टोली परिचालन गरिएको थियो । सो टोलीले तयारी मदिरा अन्दाजी २ हजार ४ सय लिटर, कच्चा मदिरा ८ हजार ५ सय लिटर, मदिरा बनाउन प्रयोग गरिने साना-ठूला ४० वटा ड्रम र प्लास्टिकका साना ३० थान बाँटा बरामद गरेको थियो ।

बरामद मदिरा र कच्चा पदार्थ स्थानीयबासी, वडा प्रतिनिधि र सञ्चारकर्मीहरुको रोहबरमा सोही स्थानमा पोखेर नष्ट गरिएको थियो । अन्य अनुसन्धान कार्य पनि बौद्ध प्रहरीले गरिरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?