Comments Add Comment

नेप्से सूचक बढ्यो तर कारोबार बढेन

३० वैशाख, काठमाडौं । सेयर बजारमा सोमबार ६.३० अंकको सुधार आउँदा नेप्से परिसूचक १३०१.३४ को विन्दुमा पुगेको छ । एक साताअघि मंगलबार पनि नेप्से १३ सय माथिको बिन्दुमा पुगेको थियो ।

सोमबार १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता सेयर नेप्सेमा किनबेच हुँदा कारोबार रकम भने ७८ करोड ६४ लाख रुपैयाँको भयो । आइतबार ८४ करोडको कारोबार भएको थियो ।

सोमबार शिवम् सिमेन्ट, प्राइम कर्मशियल बैंक, पि्रमियर इन्स्योरेन्स, नेपाल बैंक, एचआईडीसीएल, सिभिल बैंक, जनता बैंक, बुटवल पावर कम्पनी र अपर तामाकोशी तथा नेको इन्स्योरेन्सको शेयर अधिक मात्रामा कारोबार भयो । उच्च बढोत्तरीका कारण शिवम् र एचआईडीसीएलको सेयरमा सर्किट ब्रेक लागेको थियो ।

सोमबार कारोबारमा आएका १२ उपसमूह मध्ये ७ सूचक सकारात्मक देखियो भने पाँच उपसूचक ऋणात्मक बन्यो ।

सोमबार शिवम् सिमेन्ट, एचआईडीसीएल, किसान माइक्रोफाइनान्स, कर्पाेरेट डेभलपमेन्ट बैंक र कालिका लघुवित्तका सेयरधनीले उच्च नाफा आर्जन गरे ।

हिमालयन डिस्टीलरी, युनाइटेड मोदी हाइड्रेपावर र जोशी हाइड्रोपावरका सेयरधनीले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment