Comments Add Comment

एनआरएनएको सम्पत्ती हानी हुँदैन : शेष घले

२९ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले व्यक्तिलाई हानी भए पनि संस्थागत सम्पत्तीमा हानी हुन नहुने बताएका छन् ।

अष्ट्रेलियाको सिड्नीमा आयोजित ओसियाना तेस्रो बैठकमा बोल्दै घलेले सो धारणा राखेका हुन् ।

कार्यक्रममा उनले भने, ‘कहिलेकाहिँ कुनै समाचारले व्यक्तिगत रुपमा कसैलाई हानी नोक्सानी हुनसक्छ, तर संस्थागत सम्पत्तीमा हानी हुनु हुँदैन । एआरएनएको सम्पत्ती केही हुँदैन भनेर म विश्वास दिलाउन चाहन्छु ।’

घले बोल्नुअघि कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकालले एआरएनएको संस्थागत सम्पत्ति संरक्षण गरिने बताएका थिए ।

सिड्नी र गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलन शनिबारबाट सुरु भएको थियो । सो सम्मेलन आइतबार सिड्नीको हायात रिजेन्सी होटलमा समापन हुँदैछ ।

शनिबारको कार्यक्रममा अष्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानले सिड्नीमा नेपाली सामुदायिक भवन बनाउन १० लाख डलर दिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment