
२८ वैशाख, काठमाडौं । विश्व सम्पदा सूचीमा सचीकृत स्वयम्भूमा पनि कंक्रिट प्रयोग भएपछि पुरातत्व विभागले रोक्न भन्दै पत्र काटेको छ । स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमितिलाई पत्र लेख्दै विभागले तत्कालै काम रोक्न भनेको हो ।
स्वयम्भू संरक्षण महासमितिको स्वीकृति रहेको भन्दै मनाङ समाज नामक संस्थाले भगवानपाउस्थित पूवी भर्याङमा अवैध रुपमा गेट बनाउन सुरु गरेको थियो । विभागले सो पत्रको बोधार्थ काठमाडौं महानगरपालिकासहित प्रहरीलाई पनि दिएको छ ।
स्वयम्भूमा २०३२ सालामा सोही संस्थाले निर्माण गरेको प्रवेशद्वार २०७२को भूकम्पमा ढलेको थियो । तर, सोही ठाउँमा आधुनिक तवरले गेट निर्माण गर्न थालिएको छ । सो संस्थाले गेट निर्माणको लागि क्रंक्रिटकै प्रयोग गरेर हात्तिपाइले राखिसेकको छ ।
संस्थाले गेट निर्माणका लागि पुरतत्व विभागसँग कुनै अनुमति लिएको छैन । तर धामाधम गेट निर्माण अघि बढेपछि स्थानीयले त्यसो विरोध गरेका छन् ।
तर, संस्थाले भने २०३२ सालमा गेट निर्माणका लागि दिएको अनुमत पत्र देखाउँदै हाल धमाधम आधुनिक तवरबाट गेट हाल्न हालेको छ ।
सम्पदा संरक्षण अभियान्ता गणिपतिलाल श्रेष्ठले प्राचीन स्मारक संरक्षण ऐन र विश्वब्यापी मान्य विपरित गेट बनाउन नहुने बताए । उनले यसलाई रोक्न महानगरपालिकासहित सबै सम्बद्ध निकायमा अनुरोध गरिएको बताए ।
विश्व सम्पदा क्षेत्रमा पुरातत्व विभागको अनुमति नलिई कुनै पनि संरचना थपघट गर्न नपाइने नियम छ । विश्व सम्पदा क्षेत्रको गरीमा नै संकटमा पर्ने गरी गेट बनाउन नहुने स्थानीय प्रकाश अमात्यले बताए ।
‘त्यहाँ आधुनिक गेट हाल्दा सम्पदा क्षेत्रको महत्व त घट्छ नै, तलैबाट देखिने चैत्य लगायतमा पुरतात्वकि सम्पदा छेकिन्छ,’ अमात्यले भने ।
प्रतिक्रिया 4