+
+
Shares

सदन र सडकमा शक्ति प्रदर्शन गर्ने कांग्रेसको चेतावनी

मिडिया काउन्सिल विधेयक फिर्ता लिन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते १२:२४

१ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयक अगाडि बढाए सदन र सडकमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले मानवअधिकार आयोग, मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकको विरोध गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘तीन वटै विधेयक संविधान प्रतिकुल आएका छन्, सरकारले फिर्ता लिनुपर्छ ।’

मिडिया काउन्सिल विधेयकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुन्ठित गर्ने कांग्रेसको ठहर छ । प्रमुख सचेतक खाडले भने, ‘यदि जबरजस्ती विधेयकलाई अगाडि बढाउन खोज्यो भने कांग्रेसले सदनभित्र र बाहिर सडकमा आफ्नो शक्ति परिचालन गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?