Comments Add Comment

इटहरीमा मिडिया काउन्सिल विधेयकको विरोध

१ जेठ, सुनसरी । सरकारले सञ्चार क्षेत्रलाई अंकुश लगाउने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएको विरोधमा प्रेस युनियनले इटहरीमा प्रदर्शन गरेको छ । बोल्न र खेल्न नदिने विधेयक ल्याएको भन्दै मुखमा कालो पट्टी र एक खुट्टा उचालेर इटहरी चोकमा प्रदर्शन गरेको हो ।

सरकारले विधेयक ल्याएर बोल्न र हिँड्नसमेत नदिएकाले त्यसको प्रतीकात्मक रुपमा पत्रकारहरुले प्रर्दशन गरेको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जनाए ।

प्रेस स्वतन्त्रता हनन गर्ने गरी, संविधानको मूल मर्म विपरीत तथा अन्तर्राष्ट्रिय अभ्यासको समेत विपरीत हुने किसिमले ल्याउने कुनै पनि कानुन पत्रकारलाई मान्य नहुने पनि अध्यक्ष पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment