+
+
Shares

तेरिया भन्छिन्–‘अहिले नै फिल्म खेल्ने योजना छैन’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २ गते १२:१३

‘डीआइडी लिटिल मास्टर्स सिजन ३’की विजेता तेरिया मगर अहिले के गर्दैछिन् भन्ने कौतुहलता उनका फ्यानलाई होला । तेरिया नेपालमा भन्दा भारतमा नै बढी बस्ने भएकाले पनि उनको बारेमा खबर कम आउँछन् । तेरिया, बुधबार भने काठमाण्डौको कुमारी हलमा चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा पुगिन् ।

चलचित्रको प्रिमियरमा पुगेकी तेरियाले आफूलाई चलचित्रले कतै रुवाएको, कतै हसाँएको प्रतिक्रिया दिइन् । उनले, केही समय अगाडि चलचित्र खेल्ने समाचार पनि आएको थियो । यस बिषयमा तेरियाले भनिन्–‘त्यो गलत कुरा थियो । चलचित्र खेल्न लागेको भन्ने खबर आउँदा म पनि अचम्मित भएकी थिएँ । अहिले त्यो बिषयमा कुनै सोच छैन ।’

तेरियाले अहिले आफूले त्यस्तो केही काम नगरेको भन्दै सिकिरहेको नै सुनाइन् । कुन नायकसँग पर्दामा काम गर्न मन छ भन्ने प्रश्नमा तेरियाले भनिन्–‘त्यस्तो एक जना भन्ने त कोही पनि हुनुहुन्न । मलाई सबैसँग काम गर्न मन छ । सबै जना राम्रो हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?