Comments Add Comment

असोजमा सुमी र सन्नीको ‘सरौतो’

बदलाको कथामा निर्माण भएको चलचित्र ‘सरौतो’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र अब असोजको ३ गते रिलिज हुने भएको छ । यो चलचित्रलाई हरि हुमागाँइले निर्देशन गरेका हुन् । हरि छायांकारको रुपमा परिचित थिए । हरिले भने–‘प्राविधिकको समय र वितरकसँगको छलफलपछि हामीले रिलिज मिति तय गरेका हौ ।’ हरिले चलचित्रलाई राम्रो बनाउने कोशिश भएको भन्दै स्क्रिप्टमा लेखिएको कुरालाई पर्दामा उतार्न सफल भएको सुनाए ।

विरान्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ छन् । यो चलचित्रमा सुमी मोक्तान , सन्नी सिंह , विजय लामा , युवराज लामा , धिरेन शाक्य , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक , मैषा पुन मगर , प्रतिक दुलाल , मनोज तामाङ लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन छ । चलचित्रको छायांकन काठमाण्डौ, सिम्रौनगठ लगायतका स्थानमा गरिएको छ ।

चलचित्रकी लेडिङ लेडी सुमीले समाजमा नै घटेको घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको बताइन् । उनले आफूलाई चलचित्रमा एक्सन लेडीको रुपमा दर्शकले हेर्न पाउने सुनाइन् । निर्माणपक्षले चलचित्रको फस्टलुक पनि सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment