Comments Add Comment

बुद्ध सर्किटमा सुविधासम्पन्न १० वटा एसी बस गुड्ने

२ जेठ, बुटवल । लुम्बिनी भ्रमण बर्ष २०७६ को मुखैमा रुपन्देहीमा १० वटा सुविधा सम्पन्न सार्बजनिक गाडी भित्र्याइएको छ ।

बसमा एसी र वाइफाइ जडान गरिएको छ भने ती सबै बस अपाङ्गमैत्री , ५२ सिटको क्षमताका छन् भने सिसिटिभी क्यामेरा र एयर सस्पेन्सन पनि राखिएको छ ।

बुटवल–बेलहिया छ लेनको सडक विस्तार भएसंगै सुविधा सम्पन्न सार्वजनिक गाडीहरू भित्रिने क्रम बढेको हो । गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने संरक्षक संस्था भिजन लुम्बिनीले जनाएको छ ।

यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले बुटवलमा रहेको भिजन लुम्बिनी लिमिटेडले वातावरण अनूकुलित एसी बसहरु संचालनमा ल्याउने तयारी गरेको हो ।

ती गाडी बुद्ध पूर्णिमाका दिन जेठ ४ गते राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी ओलीलेले शुभारम्भ गर्ने गरी तयारी गरिएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

ती गाडी बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार,बर्दघाट रूटमा गुड्ने छन् । बुद्ध सर्किटमा पनि चल्ने गरी अनुमति लिइसकेको र बिस्तारै ति रुटमा पनि नया गाडीहरूले सेवा दिनेछन् ।

‘बुटवल भैरहवामा हिड्ने यात्रुपनि अबदेअि सहज यात्रा गर्न पाउनेछन्, माइक्रोमा कोचाकोच हुनुपर्ने अबस्थाको अन्त्य हुनेछ’ अध्यक्ष पोखरेलले भने ।

१० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनीले गाडी संचालनमा ल्याएको हो । भिजन लुम्बिनीका संचालक डा. एलएन पाण्डेले सर्वसाधारणको यात्रा सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment