Comments Add Comment

नेकपा चितवनका अध्यक्ष र सचिवले गरे पदभार ग्रहण

३ जेठ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), चितवनका अध्यक्ष र सचिवले पदभार ग्रहण गरेका छन् । पार्टी कार्यालय मदनपुरमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले पदभार ग्रहण गरेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, कृष्णप्रसाद खनाल, देवी ज्ञवालीलगायतका नेताले परियार र पोखरेललाई माला लगाइ दिएर पदभार ग्रहण गराएका थिए ।

पदभारपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष परियारले पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाए । उनले पार्टीको नीति र सिद्धान्त बमोजिम पार्टीका क्रियाकलपा अघि बढ्ने बताए ।

सचिव पोखरेलले जिल्ला पार्टीलाई गतिशील बनाउने बताए ।

जिल्ला नेतृत्व छानिए पनि जिल्ला कमिटीका सदस्यहरुको टुंगो लाग्न बाँकी छ । चितवनका ७ स्थानीय तहमा पनि नेकपाको नेतृत्वको टुंगो लाग्न सकेको छैन । दुई निर्वाचन क्षेत्रमा फैलिएको भरतपुर महानगरपालिकाको नेतृत्व कसले लिने भन्ने चासो बढी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment