Comments Add Comment

खानेपानी मर्मत गर्न गएका २ जना मृत भेटिए

चट्याङ लागेको आशंका

३ जेठ, काभ्रे । जिल्लाको रोशी गाउँपालिका १०, वाल्टिङमा बुधबार दुई जना मृत अवस्थामा भेटिएका छन् ।

भाङ्गेटारमा खानेपानी मर्मतका लागि महाभारत गाउँपालिका टुनिबास गएका ५० वर्षका सञ्चरसिं लामा र ४० वर्षका नरबहादुर लामा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दीपक गिरीले जानकारी दिए ।

उनीहरुसँगै एउटा कुकुर पनि मृत भेटिएको प्रहरीले बताएको छ । मृतकको लुगा र शरीर डढेको अवस्थामा भेटिएको पनि डीएसपी गिरीले बताए । चट्याङले लागेको हुन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment