
३ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी वृत्त, गौशालाको आकस्मिक निरीक्षण गरेका छन् ।
शुक्रबार दिउँसो खनाल गौशाला प्रहरी वृत्तमा पुगेर आकस्मिक निरीक्षण गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार निरीक्षणका क्रममा खनालले कार्यालयको वातावरण नागरिकमैत्री हुनुपर्ने बताए । उनले आफूले ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुरूप सेवाग्राहीले महसुस गर्ने गरी छिटो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
साथै, नागरिकमैत्री सेवा प्रदान गर्न पनि निर्देशन दिए । अपराध तथा अपराधीविरुद्ध कानुनी कठोरताका साथ कार्य सम्पन्न गर्न पनि उनले निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4