Comments Add Comment

ब्याडमिन्टन टोली चीन प्रस्थान

३ जेठ, काठमाडौं । सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार चीनको नानिङ प्रस्थान गरेको छ ।

मे १९ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा रत्नजित तामाङ र दिपेश धामी तथा महिलातर्फ नङ्शल तामाङ र अमिता गिरी रहेका छन् ।

प्रशिक्षकमा उत्तम सिम्खडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष अनोज बस्नेत छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले विदाई गरे ।

प्रतियोगितामा दक्षिण एसियाका ३ सहित २१ राष्ट्रको सहभागिता रहने ब्याडमिन्टन संघले जनाएको छ । दक्षिण एसियाबाट नेपालसहित भारत र श्रीलंकाको सहभागिता रहने छ ।

ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ तथा उपाध्यक्ष सुवास श्रेष्ठ प्रतियोगिताका दौरान हुने ब्याडमिन्टन विश्व महासंघ र ब्याडमिन्टन एसियाको वार्षिक साधारणमा भाग लिन चीन जाने छन् । अध्यक्ष श्रेष्ठ मे २१ मा जाँदैछन् भने उपाध्यक्ष श्रेष्ठ टोलीसँग चीन गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment