Comments Add Comment

मकवानपुर चेम्बर अफ कमर्सको कार्यसमिति पुनर्गठन

४ जेठ, हेटौंडा । मकवानपुर चेम्बर अफ कमर्सको कार्यसमिति पुनर्गठन गरिएको छ । शनिबार विजयकुमार श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको हो ।

यसअघि पनि अध्यक्ष विजयकुमार नै थिए । एक वर्ष अगाडि गठन गरिएको ११ सदस्यीय कार्यसमितिलाई अहिले पुनर्गठन गरेर २१ सदस्यीय बनाइएको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कबिन संघामी, महासचिवमा रविन्द्र घिमिरे, सचिवमा नरेन्द्र महर्जन, कोषाध्यक्षमा जितेन्द्र कर्माचार्य र सहकोषाध्यक्षमा शेखर थपलिया छन् ।

यसैगरी सदस्यहरुमा पारशमणी थिङ्ग, नेत्र प्रसाद खतिवडा, सन्जय गुप्ता, राजु नेपाल, राजाराम बोगटी, गंगाप्रसाद पौडेल, अनिल श्रेष्ठ, शर्मिला श्रेष्ठ छन् ।

यसैगरी अन्य सदस्यहरुमा राजेश अग्रवाल, सन्तोष खतिवडा, सुरज डङ्गोल, हरिशरण अर्याल, दीपक गौतम, बुद्ध अर्याल र देवेन्द्र बर्तौला रहेका छन् ।

ईश्वर मैनाली र सुनिल दाहालले सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।

मकवानपुर जिल्लाभित्र छरिएर रहेका उद्योगी व्यवसायीहरुको हकहित संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले २०७५ सालमा नेपाल चेम्बर अफ कमर्स मकवानपुर जिल्ला समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी विधिवत गठन भएको थियो ।

मेनरोडमा यसको कार्यालय खोलिसकेको र अब सदस्यता वितरणको कामलाई तीव्रता दिइने महासचिव रविन्द्र घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment