Comments Add Comment

‘माया बस्छ कि के हो’को घोषणा, सोनालसँग कस्मताको जोडी

जनकपुर मिडिया हाउस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माया बस्छ कि के हो…को घोषणा भएको छ । शरद अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्नेछन् । चलचित्रको छायांकन असारको दोश्रो साताबाट सुरु हुनेछ ।

बहादुर सिंह तामाङ, कृष्ण गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन रविन्द्र बरालले गर्नेछन् । आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगति रहने यो चलचित्रको छायांकन बेलायतमा हुनेछ ।

चलचित्रमा सोनाल तामाङ, कस्मता निरौला, धु्रव दत्त, बेनी ढुंगानाको मुख्य भूमिका रहनेछ । चलचित्रका मुख्य सहायक निर्देशक दिपक अधिकारी हुन् । यो चलचित्रले यूवापुस्ताको प्रेमलाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले जानकारी दिए । प्रस्तुतकर्ता शरदले चलचित्र निर्माणमा फेरि आफू आएको भन्दै राम्रो कथामा चलचित्र बन्ने बताए ।

निर्देशकका अनुसार, चलचित्रको संवादले कलाकारको मनोवाद बोल्छ । नायक–नायिकामा नै माया बस्छ कि भन्ने सोच आउने भएकाले चलचित्रको नाम ‘माया बस्छ कि के हो…’ राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment