Comments Add Comment

खर्च अभावले मिर्गौला रोगी पूर्वखेलाडीको उपचारमा समस्या

५ जेठ, विराटनगर । पूर्वखेलाडी केदार कटवाल मिर्गौला प्रत्यारोपणका लागि खर्च जुटाउन नसक्दा जीवन मरणको दोसाधमा पुगेका छन् ।

दुबै मिर्गौला खराब भएपछि दुई वर्षयता डायलासिस गराउदै आएका कटवाल प्रत्यारोपण गर्दा लाग्ने खर्च जुटाउन नसक्दा जीवन मरणको दोसाधमा पुगेका हुन् ।

मोरङको कानेपोखरी गाउपालिका– १ होक्लाबारी घर भएका कट्वाल पूर्व भलिबल खेलाडी हुन् । १२ वर्ष जिल्ला स्तरीय टोलीबाट प्रतिस्पर्धा गरेका उनले केही समय प्रशिक्षकको रुपमा पनि काम गरेका थिए ।

कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा गएर फर्किएका उनी मिर्गौला परिवर्तनका लागि सहयोग मागिरहेका छन् ।

नोबेल मेडिकल कलेज विराटनगरमा हप्ताको दुई पटक डायलासिस गराइरहेका उनी निशुल्क हुने डाइलसिसका लागि आवश्यक पर्ने किड किन्न पनि नसक्ने अवस्थामा पुगेका छन् । ‘मासिक ५०/६० हजार खर्च हुन्छ’ उनी भन्छन् ‘आम्दानी केही छैन ।’

५२ वर्षका कटवालका दुई छोरा छोरी र श्रीमती छन् ।

श्रीमती देवीमाया कटवालले मिर्गौला दिन तयार छिन् । तर प्रत्यारोपण गर्न खर्च छैन । ‘मिर्गौला परिवर्तन गरे अझै केही गर्न सक्छु जस्तो लाग्छ’ उनले भने ।

विपन्न परिवारका कट्वालको परिवार खेती किसानीबाट चलेको थियो । तर श्रीमान विरामी परेपछि समस्या भएको श्रीमती देवीमाया बताउँछिन् । आफ्नो नाममा रहेको जग्गा पनि विरामी भएपछि बैंकमा राखेर कर्जा निकालिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment