Comments Add Comment

अझै २८ स्थानीय तह वाणिज्य बैंकविहीन

५ जेठ, काठमाडौं । देशका ७५३ स्थानीय तहमध्ये अझै २८ वटा बैंकविहीन रहेका छन् । सरकारले गत आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउने लक्ष्य लिए पनि अझै २८ स्थानीय तहले आफ्नै गाउँमा बैंकिङ कारोबार गर्न पाएका छैनन् ।

भौगोलिक विकटताका कारण गत वर्ष पुग्न नसकेको भन्दै सरकारले चालु आर्थिक वर्षभित्र भने सबै स्थानीय तहमा वाणिज्य बैंकका संख्या पुर्‍याउने दावी गरेको छ ।

जसअनुसार राष्ट्र बैंकले सबै बैंकहरुलाई निर्देशनसमेत दिइसकेको छ । तर आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहदा अझै २८ स्थानीय तहमा वाणिज्य बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ चैत मसान्तमा १७६ पुगेको छ ।

यस अनुसार २०७५ चैत मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तमा ६ हजार ६ सय ५१ रहेकोमा २०७५ चैत मसान्तमा ८ हजार २ सय ५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment