+
+
Shares

१०बुँदे सहमतिसँगै नर्सको १० दिने आमरण अनशन तोडियो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते २१:४३

५ जेठ, काठमाडौं । १० दिनदेखि आमरण अनशनरत मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका नर्सहरुले आमरण अनशन तोडेका छन् ।

करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्ने लगायतका १० बुँदे सहमति भएपछि अनशन तोडिएको हो । दिनभर स्वास्थ्य मन्त्रालमा अस्पताल प्रशासन, आन्दोलनरत नर्सहरु तथा नेपाल नर्सिङ संघका पधाधिकारीबीच वार्ता भएको थियो ।

स्थापना कालदेखि प्रत्यारोपण केन्द्रमै कार्यरत दिक्की शेर्पाले अनसन तोडिसकेकी छिन्  नर्सिङ संघकै आजीवन सदस्य समेत रहेकी जिता बरालको अनशन तोडाउन अस्पताल प्रतिनिधि विपी स्मृती अस्पताल जाँदैछन् ।

बरालले नेपाल नर्सिङ संघको कार्यालय लाजिम्पाटमा अनशन थालेकी थिइन् । स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लगिएको थियो । उनी पोखरामा रहेको फिस्टेल नर्सिङ कलेजको क्याम्पस प्रमुख पदबाट राजीनामा दिएर अनशन बस्न आएकी थिइन् ।

 

यस्ता छन् सहमतिका मुख्य बुँदाहहरु

  • केन्द्रमा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा सुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित नियकालाई अनुरोध गर्ने
  • केन्द्रका लागि आवश्यक विभागहरु आइसियु तथा युरोलोजीमा लोक सेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने त्यसपछि कार्डियोलोजी, हेपाटोलाजी विभागलाई पनि क्रमिक रुपमा स्थापना गर्दै जाने
  • प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ती नपाएमा विस्तारित विभागहरुमा खाईपाई आएको करार नियुक्तीलाई निरन्तरता दिने
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?