Comments Add Comment

प्रचण्डले विवाहको ५०औं उत्सव पप्पुको पैसाले मनाए : विजुक्छें

६ जेठ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्डले ५०औं विवाह उत्सव पप्पु कन्सट्रक्सनको पैसाले मनाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कारमा बोल्दै बिजुक्छेंले पप्पुको पैसाले तारे होटलबाट मगाएका भोज खुवाएसँगै प्रचण्ड भ्रष्टचारीको नायक भएको आरोप लगाएका हुन् ।

उनले शितल निवास, बालुवाटार र सिंहदरबार भ्रष्टाचारको मुख्य अखडा भएको दावी गरे । ओली र प्रचण्डको पूँजीवादी ब्यवस्थाले ब्यक्ति धनी हुने प्रतिप्रस्र्धाकै कारण सिंहदरबार, बालुवाटार र शितल निवासमा निरन्तर भ्रष्टाचार भइरहेको बताए ।

‘गाउँगाउँमा सिंहदरबारको अधिकार’ भन्ने नारा पनि गाउँगाउँमा भ्रष्टाचारका रुपमा परिणत भएको पुष्टि भइसकेको उनको भनाइ छ ।

वर्तमान सरकार नामको मात्र कम्युनिसट सरकार भएको भन्दै उनले सरकारको आचरणलाई नियाल्दा कम्युनिस्ट भन्न नसिकिने बताए ।

अर्काे प्रसंगमा वर्तमान सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल बिधेयक सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताए । यसले नागरिकको अभिब्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने अध्यक्ष विजुक्छेले बताए ।

नेताहरुको अदूर सोच, मुखलाई नियन्त्रण गर्न नसक्दा देशमा संघीयता कार्यान्वयनमा जटिलता देखा परेको उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment