
७ जेठ, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता जेठ २८ गतेदेखि सुरु हुने भएको छ ।
महाकाली स्पोर्टस् सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने छन् ।
सात प्रदेश र एक विभागीय टिमको सहभागिता रहने प्रतियोगितामा ८८ लाख खर्च लाग्ने अनुमान छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ब्यहोर्ने छ ।
प्रतियोगितको विजेताले पाँच लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ । त्यस्तै, प्लेयर अफ द सिरिज हुने खेलाडीले एक थान स्कुटर प्राप्त गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4