+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

विश्वकपका लागि इंग्ल्यान्डको तीन खेलाडी परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते १८:२८

७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको लागि आयोजक इंग्ल्यान्डले तीन जना खेलाडी परिवर्तन गरेको छ ।

इंग्ल्यान्डले जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डसनलाई टिममा बोलाएको हो । त्यस्तै, एलेक्स हेल्स, जोन डेन्ली र डेविड विल्ली भने विश्वकपबाट बाहिरिएका छन् । विश्वकप निजिकिदै गर्दा अन्तिम पटक आईसीसीले खेलाडी परिवर्तन गर्ने मौका दिएको बेला इंगल्याण्डले खेलाडी परिवर्तन गरेको हो ।

इंग्ल्यान्डले विश्वकपअघि पाकिस्तानसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको आधारमा खेलाडी परिवर्तन गरेको हो । पाकिस्तानसँगको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ४–० ले क्लीन स्वीप गरेको थियो । तर पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो ।

आर्चर र लियाम अलराउण्डर हुन् भने भिन्स ब्याट्सम्यान हुन् ।

विश्वकपका लागि इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डसन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?