+
+
Shares

प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्न प्रस्ताव दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १३:५९

९ जेठ, हेटौंडा । प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्न माग गर्दै प्रदेशसभमा प्रस्ताव दर्ता भएको छ । सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव र सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।

प्रस्ताव दर्तापछि सांसद ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम नेवा:  ताम्सालिङ राख्नुपर्ने बताए । उनले संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्नका लागि पनि प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्नुपर्ने उनको भनाइ छ ।

हेर्नुहोस् प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?