Comments Add Comment

कतार एयरवेजद्वारा ‘समर इन कतार’का लागि पर्यटन परिषद्सँग सहकार्य

९ जेठ, काठमाडौं । कतार एयरवेजले विश्वको १६० भन्दा बढी गन्तव्यबाट दोहासम्मको उडानका लागि १५ अगस्टसम्मको सम्पूर्ण बुकिङमा यात्रुहरुलाई ‘समर इन कतार’को विभिन्न गतिविधिको अनुभव गराउने उद्देश्यले २५ प्रतिशतसम्मको छुट प्रदान गर्न कतार राष्ट्रिय पर्यटन परिषद् (क्यूएनटिसी) सँग सहकार्यमा गरेको छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एच.आई.ए.) मार्फत आगमन, प्रस्थान तथा ट्रान्जिट गर्नुहुने यात्रुहरुले कतार एयरवेजको विशेष अल माहा सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा कतार राष्ट्रिय पर्यटन परिषद्का महासचिव सम्माननीय श्री अकबर अल बकरले भने, “कतारको अद्वितीय संस्कृति तथा आतिथ्य अनुभव गराउन यस वर्षको ग्रीष्म मौसमले पर्यटकहरुलाई लक्षित गरेको छ । जुनदेखि मध्य अगस्ट सम्म ‘समर इन कतार’ ले अतिथिहरुलाई जुन ४ मा सुरु हुने इद-अल-फितर र १२ अगस्टमा हुने इद-अल-अधाका बीचमा विभिन्न उत्सवहरुमा सहभागी हुने अवसर प्रदान गर्नेछ । “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment