Comments Add Comment

उपराष्ट्रपति पुन अष्ट्रिया जाने

९ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रिया भ्रमणमा जाने भएका छन् । जेठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने आर–२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुनसँगै वनमन्त्री शक्तिबहादुर बस्नेत पनि त्यसतर्फ जान लागेका हुन् ।

उपराष्ट्रपतिले १३ जेठमा बहुपक्षीय कुटनीतिक फोरम भियना अन्तर्राष्ट्रिय सेन्टरको ४० औं वार्षिक उत्सव कार्यक्रममा सहभागिता जनाउनेछन् । जेठ १४ गते उनले आर–२० अष्ट्रियन विश्व सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी अष्ट्रियाका संघीय राष्ट्रपतिले दिने दिवाभोजमा सहभागी हुनेछन् । त्यस्तै आर –२० सम्मेलनको समूहगत छलफलमा सहभागी पनि हुनेछन् ।

अष्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुन जेठ १५ गते अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा पनि सहभागी हुनेछन् उपराष्ट्रपति पुन जेठ १६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

भ्रमणमा उपराष्ट्रपति पत्नी हस्तमाली पुन, परराष्ट्र र वन मन्त्रालयका उच्च तहका अधिकृतहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment