Comments Add Comment

सरकार तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा छैन : प्रधानमन्त्री

९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताएका छन् ।

निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने भन्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी क्षेत्रका विद्यालय आफै बन्द हुने बताए ।

सरकारी विद्यालयको गुणस्तरमा सुधार नहुनेबेलासम्म भने निजी विद्यालय सञ्चालनमा रोक नलगाइने उनको भनाइ छ ।

काठमाडौंमा बिहीबारदेखि सुरु भएको हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको स्तर माथि उठाएपछि निजीमा पढाउन बालबालिकालाई कसैले नलिने बताए ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई शिक्षामा लगानी बढाउन पनि आहृवान गरे । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानी पर्याप्त नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment