Comments Add Comment

‘जात्रै जात्रा’को टिम पूर्वी नेपालमा

निर्देशक भन्छन्– ३ दिनमा ३ करोडको ब्यापार भयो

९ जेठ, विराटनगर । देशभर एकसाथ प्रर्दशनमा आएको नेपाली चलचित्र जात्रै जात्राको टिम प्रचारका लागि पूर्वी नेपाल दौडाहामा निस्किएको छ ।

जेठ ३ गतेदेखि प्रर्दशनमा आएसँगै चलचित्रको प्रचार र दर्शकको प्रतिक्रिया बुझ्न मुख्य कलाकारसहितको टोली पूर्वी नेपाल आएको हो ।

कार्यकारी निर्माता, रबिनसिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई, कलाकारहरु वर्षा राउत, विपिन कार्कीलगायत बिहीबार विराटनगर आइपुगेका छन् ।

चलचित्रका निर्देशक प्रदीप भट्टराईले दर्शकहरुको प्रतिक्रिया बुझ्न कलाकारसहित पूर्वी नेपाल आएको बताए । पत्रकारहरुसँग कुरा गर्दै निर्देशक भट्टराईले प्रदर्शनमा आएको ३ दिनमै करिब ३ करोडको व्यापार गरेको बताए । ‘यो हाम्रो टिमको लागि सुखत खबर हो । हामी उत्साहित छौ,’ उनले भने ।

‘जात्रै जात्रा’ नेपाली दर्शकले धेरै रुचाउने फिल्म निर्माण भएको उनले बताए ।

फिल्मका कार्यकारी निर्देशक एव कलाकार रबिनसिंह बानियाँले जात्रै जात्रालाई नेपाली दर्शकले मन पराएको भन्दै खुसी व्यक्त गरे । ‘फिल्म प्रर्दशनमा आएको एक साता नबित्दै फिल्मले राम्रो व्यापार गर्न सफल भएको छ,’ उनले भने ।

चलचित्रले दर्शकलाई हसाउने मात्र नभइसमाजका केही सुक्ष्म र अदृश्य पाटोलाई पनि उँधिनेको उनको भनाइ छ ।

नायिका वर्षा राउतले नेपाली कलाकार बलिउड फिल्ममा अभिनय गर्न जाने भन्दा पनि कलिउड फिल्मलाई बलिउड फिल्मको स्तरमा पुर्‍याउन आवश्य रहेको बताइन् ।
‘जातै जात्रा’ टिम बुधवार झापाको बिर्तामोड, दमकलगायतका दर्शकहरुलाई भेटेका थिए ।

बिहीबार बिराटनगरसँगै सुनसरीको धरान र इटहरीका दर्शक माझ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment