+
+
Shares

बिग बोसको नयाँ सिजनमा तहल्का मच्चाउन आउँदैछिन् ‘गुडिया’ !

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १६:४२

बलिउड स्टार सलमान खानको होस्टमा चल्ने लोकप्रिय रियालिटी शो बिग बोसको १९औं सिजन यसपटक विशेष कारणले चर्चामा छ । सधैं जसो चर्चित कलाकारहरूको भीड रहने बिग बोसको घरमा यसपटक मान्छे मात्र होइन, एक एआई (आर्टिफिसियल इन्टेलिजेन्स) गुडिया पनि प्रतियोगीको रूपमा सहभागी हुँदैछिन् ।

रिपोर्टअनुसार, शोमा सहभागी हुन लागेकी यो रोबोट डलको नाम ‘हबूबू’ हो । यूएईको आइ.एफ.सी.यम कम्पनीले निर्माण गरेको हबूबू बिग बोसको इतिहासमै पहिलो एआई कन्टेस्टेन्ट बन्नेछिन् । उनी ७ वटा भाषा बोल्न सक्छिन्, जसमा हिन्दी पनि समावेश छ । देख्नमा उनी ठूला आँखा, सुनौलो मास्क र कालो हिजाबमा सजिएको प्यारी गुडियाजस्ती छिन् ।

तर हबूबूको विशेषता यतिमै सीमित छैन । उनी संवाद गर्न मात्र होइन, भावना बुझ्न, टास्क पूरा गर्न, घरको काममा सघाउन र सम्बन्ध बनाउन पनि सक्षम छिन् । उनी ‘माया गर्न सक्ने’ प्रतिक्रिया समेत दिन सक्छिन् । यसले बिग बोसको घरमा नयाँ किसिमको अनुभव र मनोरञ्जन थप्ने अपेक्षा गरिएको छ ।

शोको यसपटकको थिम ‘रिवाइन्ड’ हुन सक्ने चर्चा छ, यद्यपि औपचारिक रूपमा घोषणा भइसकेको छैन । सलमान खानले जुलाई ८ देखि १२ को बीचमा नयाँ सिजनको प्रोमो छायांकन गर्ने तयारी गरिरहेका छन्।

प्रविधि र मनोरञ्जनको यो अनौठो मेलले प्रतिस्पर्धा असमान नहोस् भनेर हबूबूलाई विशेष रूपमा रिप्रोग्राम गरिएको बताइएको छ । यसले घरमा रहेका अन्य प्रतियोगीहरूसँग उनको व्यवहार, टास्कमा सहभागिता र संवादलाई सन्तुलित बनाउनेछ ।

यस सिजनमा सहभागी हुने भनिएका अन्य चर्चित अनुहारहरूमा फैसल खान, फैसल शेख (मिस्टर फैसु), डेजी शाह, तनुश्री दत्ता, खुशी दुबे, विक्रम सिंह चौहान, राम कपूर, शरद मल्होत्रा, राज कुन्द्रा, गौरव तनेजा, पारस कलनावत र शशांक व्यास को नाम चर्चामा रहेको छ। यद्यपि, अन्तिम आधिकारिक सूची भने सार्वजनिक भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?