+
+
Shares

गगनप्रति पार्टी बैठकमै खनिए मोहन, भने- कोही सग्लो छैनन्

बस्नेतले महामन्त्री थापाप्रति संकेत गर्दै अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा उनको भूमिका रहेको आरोप समेत लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १६:४६

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापा आफ्नो विरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन् ।

बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्‌मा बढी बोल्ने गरेको आरोप लगाए ।

बस्नेतले महामन्त्री थापाप्रति संकेत गर्दै अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा उनको भूमिका रहेको आरोप समेत लगाए ।

‘महामन्त्री गगन जी, तपाईं सबै नेतालाई समाउन लगाउनुस्,’ बस्नेतले पार्टी बैठकमा भने ।

भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउनका लागि नेपाल पाकिस्तानको मोडलमा गएको बस्नेतले पार्टी बैठकमा बताए । ‘समय लाग्ला कोही पनि सग्लो देखिने छैनन्,’ बस्नेतले भने ।

बस्नेतले टेरामक्समा आफूले गल्ती नगरेको पनि उनले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?