+
+
Shares

कांग्रेसका सभापति गगन थापा सुदूरपश्चिम जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते ६:५७

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज धनगढी जाँदैछन् । धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ उद्घाटनका लागि जान लागेका हुन् ।

विशेष महाधिवेशन पछि थापा पहिलोपटक देउवाको गृह प्रदेश जान लागेका हुन् । उनी बिहान ८ बजेको फ्लाइटमा आउने तय भएको भेलाको तयारीका लागि धनगढीमा रहेका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए ।

भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार धनगढी पुगिसकेका छन् ।

भेला दुई दिनसम्म चल्नेछ । २३ वैशाखमा बसेकोकेन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको हो ।

प्रदेश सभापति वीरबहादुर बलायर, जिल्ला सभापति नारायण भट्ट भेलामा सहभागी नहुने प्रदेश कार्यसमितिका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?