News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रभित्र गरिने सुधारमा पार्टीको पूर्ण समर्थन रहने बताएका छन्।
- सभापति थापाले लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने प्रयासको पार्टीले दृढ प्रतिरोध गर्ने बताए।
- उनले २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने उल्लेख गरे।
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रभित्र गरिने सुधारमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।
कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साथै, लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको प्रतिरोध आफ्नो पार्टीले गर्ने पनि उनले बताए ।
‘लोकतन्त्रभित्र गरिने सुधारमा हाम्रो पूर्ण सहयोग रहन्छ, तर लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको हामी दृढ प्रतिरोध गर्छौं,’ सभापति थापाले भने ।
सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने पनि बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4