Comments Add Comment

सिक्री नपाउँदा बेहुली नलिई फर्किए लक्ष्मण

९ जेठ, विराटनगर । मोरङको जहदा गाउ“पालिका– ४ का लक्ष्मण राजवंशी जन्ती लिएर मंगलबार राति दुलहीको घरमा पुगे ।

परम्परागत शैलीमा विवाह कार्यक्रम चल्दै थियो । तर, दाहिजोलाई लिएर बेहुलाको बोली फेरियो । उनले सुनको सिक्री र डाइनिङ टेबल पनि दिनु पर्ने माग राखे ।

दुई परिवारबीच भएको सहमतिअनुसार बेहुली पक्षले राजवंशी कै नाममा पास गरेर मोटरसाइकल किनिदिएको थियो । तर, मध्यरातमा डाइनिङ टेबल र सुनको सिक्री मागेपछि परिवार अप्ठ्यारोमा पर्‍यो ।

२१ वर्षीया बेहुली स्वमयले बिहे गर्दा ऋण लागेकाले थप दाइजो दिन नसक्ने बताइन् । तर, बेहुला तयार भएनन् ।

बेहुली र जन्ती पक्षबीच विवाद भयो । दाइजो नथपिएपछि मध्यराति १ बजे जन्ती बेहुली नलिई फर्कियो ।

बेहुली पक्षले प्रहरीमा उजुरी ग¥यो । त्यसआधारमा २४ वर्षीय राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

लक्ष्मणले सुनको सिक्री र डायनिङ टेबल माग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको श्रेष्ठले बताए । राजवंशीमाथि मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसूर बमोजिम मुद्दा दायर गरी अनुसन्धान सुरु गरेको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment