Comments Add Comment

तातोपानी नाका सञ्चालन तयारी तीव्र, साँधीमा बेलिब्रिज बन्यो, सडक मर्मत चल्दै

१० जेठ, सिन्धुपाल्चोक । चीनले अर्को साताबाट तातोपानी नाका सञ्चालनमा ल्याउने बताइरहेका बेला नेपाली पक्षले तयारी तीव्र पारेको छ ।

बाह्रबीसे नगरपालिकाको खुर्सानीबार नजिकैको साँधी खोल्साको पुलले नाका सञ्चालनमा अवरोध गर्ने चिन्ता  बढिरहेका बेला त्यहाँ १४ मि६र लामाे बेलिब्रिज जडान भएकाे छ ।

गत वर्षको बाढीले बाह्रबीसे नगरपालिकाको खुर्सानीबार नजिकै रहेको साँधी खेल्साकाे पुल बगाएर लगेकाे थियाे ।तातोपानीनाका जोड्ने मुख्य पुल बगाएपछि सडक आवागमन प्रभावित हुँदै आएको थियो । पुल बगाएपछि अस्थायी डाइभर्सनको सहारा लिइँदै आएको थियो ।

पुल जडानसँगै सवारी आवागमन सञ्चालनमा आएको बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बेलीब्रिज जडानपछि अबखोलालाई तटबन्ध बनाएर व्यवस्थित गर्न नगरपालिकाले काम सुरु गरेको बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

साँधी खोल्सामा पक्की पुल भने अर्काै वर्ष मात्रै निर्माण गरिने छ । पुलको डिजाइन तयार भए पनि बजेट अभावलगायत कारणले पुल निर्माणको कामले गति लिन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक स्तरोन्नति तीव्र

तातोपानी नाका सञ्चालनको मिति नजिकिँदै गर्दा अरनिको राजमार्गका विभिन्न स्थानमा सडक मर्मत तथा स्तोरन्नतिको काम अघि पनि सँगै अघि बढाइएको डिभिजन सडक कार्यालय, दोलखाका प्रमुख धर्मेन्द्र झाले जानकारी दिए ।

‘हाम्रो जिम्मामा रहेको कोठेदेखि बसेरसम्मका सडक स्तोरन्नति र मर्मत अन्तिम चरणमा पुगेका छ’, झाले भने ।

कोठे, जुरे, महभीरलगायतका स्थानमा सडक सुधारको काम सकिन लागेको बाह्रबीसे नगरपालिकाका मेयर शेर्पाले बताए । ‘अब तातोपानी नाकासम्म पुग्न कुनै समस्या छैन, सडक सफाचट बनाइएको छ’, शेर्पाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment