Comments Add Comment

काजल अग्रवालको खुलासा, ‘इन्डियन-२’को च्याप्टर बन्द भएको छैन

काजल अग्रवाल, दक्षिण भारतिय फिल्मकी चर्चित अभिनेत्री । बाहुबली फेम निर्देशक एसएस राजमौलीको फिल्म ‘मगधीरा’बाट चम्किएकी काजल बलिउडमा पनि छाएकी छिन् । उनले सन् २००४ मा ‘क्यूँ हो गया ना’बाट बलिउड डेब्यु गरेकी थिइन्, जसको मूख्य चरित्र विवेक ओबराय र ऐश्वर्य रायले निर्वाह गरेका थिए । पछि उनले ‘सिंघम’मा अभिनय गरिन्, अजय देवगनको को-स्टारको रुपमा ।

उनै काजल अग्रवाल अभिनित फिल्म ‘सीता’ यतिबेला प्रदर्शनको तयारीमा छ । तर, यसपाली उनको चर्चा चाहि अर्को फिल्म ‘इन्डियन-२’को कारण भएको हो । कमल हासनको उक्त फिल्ममा काजल नै मूख्य भूमिकामा थिइन् । तर, उक्त फिल्म लफडामा परेको थियो । निर्माता र निर्देशकबीचको झगडाले उग्र रुप लिएपछि छायांकन हुँदाहुँदैको फिल्म लफडामा परेको हो । त्यसपछि उक्त फिल्म नै नबन्ने हल्ला थियो ।

यसैबीच काजलले खुलासा गरेकी छिन् कि, उक्त फिल्म नबन्ने भन्ने जुन हल्ला छ, त्यो मनगढन्ते हो । अर्थात फिल्म बन्नेछ । र, बन्दैछ । यसका लागि छायांकनको तयारी भइरहेको छ । काजलको अनुसार जुन १ बाट फिल्मको छायांकन हुँदैछ । कमल हासनसँग फिल्म खेल्ने कुराले आफु उत्साहित भएको पनि उनले बताएकी छिन् ।

पछिल्लो समय उक्त फिल्म किन नबन्ने भयो भनेर विभिन्न अड्कलबाजी गरिदै आएको थियो । एउटा कारण के पनि थियो भने, फिल्मका निर्देशक कमल हासनको लुक र मेकअपबाट खुसी थिएनन् । यही कारण उनीहरुवीच लफडा भएको थियो । अर्को कारण चाहि निर्माता र निर्देशकबीच फिल्मको बजेटलाई लिएर झगडा भएको थियो ।

यस फिल्मका निर्देशक एश शंकर हुन् भने निर्माता लायका प्रोडक्सन । भनिहालौ लायका र शंकरले फिल्म ‘रोबोट २.०’ का लागि हातेमालो गरेका थिए । तर, उक्त फिल्ममा पनि अनुमान गरेभन्दा बढी बजेट लागेको थिगयो । लायका दोस्रो फिल्म अर्थात इन्डियन-२ मा पनि यस्तो लफडाबाजीमा पर्न चाहँदैनन् । जबकी निर्देशक एस शंकर भने बढी खर्च गर्न चाहन्थे । यही कारण फिल्म छायांकन रोकिएको थियो ।

तर, काजलको पछिल्लो भनाईले निर्देशक र निर्माताबीचको तुष मेटिएको संकेत मिल्छ । काजलको अनुसार फिल्म बिग बजेटकै हो, जो निर्माताले चाहेका थिए ।

एस शंकरको यो फिल्ममा कमल हासनको मूख्य भूमिका छ । उनी भ्रष्ट प्रणालीको विरुद्ध उभिएका छन् । भ्रष्टचार गर्नेको विरुद्ध उनी जुनसुकै हदसम्म पुग्न सक्छन् । इन्डियन-२को कथा यस्तै छ ।

यसमा कमल हासनसँगै मनिषा कोइराला र उर्मिला मातोंडकर पनि देखिनेछन् भन्ने चर्चा थियो । तर, अहिले काजल र शिद्धार्थले उनीहरुलाई विस्थापित गरिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment