+
+
Shares

मुसहर बस्तीमा शैक्षिक सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते १३:२७

१२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका २२ मनियारीस्थित मुसहरबस्तीका १ सय बालबालिकालाई शैक्षिक समग्री, व्यक्तिगत सरसफाइका समान र लत्ता कपडा वितरण गरिएको छ । विपन्न, दलित माझी मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री, सरसफाइका समान र लत्ता कपडा वितरण गरिएको हो ।

हावाहुरी प्रभावित क्षेत्रका महिला लक्षित ‘वुमेन फर वुमेन’ अभियानका क्रममा मनियारी पुगेका महिलाले मुसहर समुदायका बालबालिकाको दयनीय अवस्था देखेपछि विभिन्न स्थानबाट सहयोग जुटाएर सहयोग गरेको संयोजनकर्ता एवं नेकपाका युवा नेता अरविन्द सिंहले जानकारी दिए ।

वुमन फर वुमन अभियानबाट बचेको, विभिन्न व्यक्ति र संस्थाबाट आएको १ लाख ८० हजार रुपैयाँ नगद र जिन्सी सहयोग जुटाएर मुसहर बस्तीमा वितरण गरिएको अभियानका संयोजनकर्ता अरविन्द सिंहले जानकारी दिए ।

‘हावाहुरी प्रभावितलाई हाईजिन किट वितरण गरिसकेपछि बचेको किट त्यो बस्तीमा वितरण गर्न गएका थियौं । त्यही बेलामा त्यहाँका बालबालिकाको विजोग अवस्था देख्यौं’ उनले भने ‘उनीहरुको शिक्षा, सरसफाइका लागि सहयोग गर्नु आवश्यक देखेपछि सहयोग गरेका हौं ।

१ सय जना बालबालिकालाई ६ वटा कपी, ५÷५ वटा पेन्सिल र डटपेन, ३ वटा ईरेजर, कटर, मैन कलर एक प्याकेट, ज्योमेट्रि बक्स, चप्पल एक जो, लुडो, लायफ बोयसाबुन, पानीको बोतल सहितको झोला हस्तान्तरण गरिएको अभियानका सहयोगी राजन श्रीवास्तवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?