Comments Add Comment

बुद्ध एयरले भोलिबाट कोलकत्ता उडान थाल्ने

१२ जेठ, काठमाडौं । निजी लगानीको बुद्ध एयरले सोमबारदेखि कोलकाता उडान थाल्ने भएको छ । उडानको सम्पूर्ण तयारी पूरा भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सुरुमा साताको तीन उडान हुनेछन् । सोमबार पूर्ण अक्कुपेन्सीमा उडाउने तयारी छ । बिहान आठ बजे नेपालबाट उड्ने जहाज १ घन्टा ३० मिनेट उडान दुरीमा कलकत्ता पुग्दैछ । कोलकातामा बुद्धले एटिआर ७२ जहाज उडाउँदै छ । कोलकातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछन् ।

गुवाहटीमा पनि उडाउने तयारी

बुद्धले बनारस र कोलकातापछि तेस्रो गन्तब्य गुवाहाटी बनाउने भएको छ । यस गन्तव्यमा भारतबाट सैद्धान्तिक सहमति दिइसकेको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र  बस्नेतले जानकारी दिए ।

भारतबाट औपचारिक सहमती आइसकेपछि दुई महिनाभित्र व्यवसायिक उडान थाल्ने कम्पनीले जानकारी दिएको छ । कोलकाता र गुवाहिटी दुबै गन्तव्यमा पर्यटकलाई प्राथमिकता दिएर उडान गर्ने तयारी कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment