Comments Add Comment

‘जात्रै जात्रा’ चल्दा वर्षाको छल्कियो खुशी

नायिका वर्षा राउत अहिले निकै नै खुशी छिन् । जेठ ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ बक्स अफिसमा सुखद व्यापार गर्दै प्रदर्शन भैरहँदा उनमा खुशी छल्किनु स्वभाविक नै हो । नायिका राउतको चलचित्रमा धेरै भूमिका छैन । तर, जती भूमिकामा उनले काम गरेकी छिन् प्रभावकारी छ । उनले खेलेको चलचित्र भित्रको स्वाबलम्बी महिलाको भूमिकाले दर्शकलाई प्रेरणा दिएको छ ।

यसैले पनि वर्षा अहिले चलचित्रको प्रदर्शन पश्चात विभिन्न शहर पुगिरहेकी छिन् । पूर्वका विभिन्न स्थानमा पुगेर दर्शकसँग साक्षात्कार गरेकी वर्षा पोखरा पनि पुगिन् । नायिका राउत, दर्शकले आफ्नो भूमिकालाई मन पराइदिनुभएको भन्दै खुशी छिन् । दोश्रो सातासम्म आइपुग्दा चलचित्रको व्यापार पहिलो साताको भन्दा अझै आक्रामक छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment