Comments Add Comment

विप्लवका कार्यकर्ताले सुर्खेतमा यात्रु बस जलाए

१३ जेठ, सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान आगजनी गरेका हुन् ।

हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर बसका स्टाफ र सबै यात्रुहरुलाई ओरालेर आगजनी गरेका थिए ।

आगजनीबाट बस पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस आगजनी भएको ठाउँ नजिकै शंकास्पद वस्तु पनि फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment