+
+
Shares

भद्रगोलका कुमार लेख्छन्–‘बम पड्काउनुपर्छ तर बाटो बनाउन’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते १४:१२

विप्लब समुहको नेपाल बन्दका कारण जनजिवन प्रभावित छ । आइतबार बेलुकादेखि विभिन्न स्थानमा बम पड्किदा मानिसको ज्यान गैसकेको छ । यस्तो गतिविधी बढ्दै गएपछि कलाकारहरुले पनि यसमा मुख खोल्न थालेका छन् । यसैविच, कलाकार कुमार कट्टेलले समय सान्र्दभिक स्टाटस लेख्दै हरेक कुरालाई राम्रो ठाउँमा प्रयोग गर्न आग्रह गरेका छन् ।

कुमार लेख्छन्–‘बम पड्काउनुपर्छ, पहाडहरु फोडेर बाटो बनाउन, जनता मार्न होइन । हतियार उठाउनु पर्छ देश विकास गर्न, कुटो, कोदालो, साबेल, बेल्चा, बन्दुक होइन । बन्द गर्नुपर्छ, निषेद र प्रतिसोधको राजनीति गर्न, नेपाल बन्द होइन ।’

उनले अगाडि लेखेका छन्–‘आतंकित बनाउनुपर्छ, भ्रष्ट्राचारी, बलात्कारी, दलाली र देश लुट्नेहरुलाई । सोझा सिधा काम गरी खाने जनताहरुलाई होइन । बम, बन्द र आतंकले देश बन्दैन, शान्तीको बाटो रोजौ । बार्ताबाट समस्याको समाधान खोजौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?