Comments Add Comment

‘बोलमाया’पछि प्रकाशले बुने यस्तो ‘गलबन्दी’

 

नेपाली लोकदोहोरीका पारखीलाई प्रकाश सपुतले फेरि अर्को नयाँ स्वाद चखाएका छन् । लोक कथालाई बुनेर उनले ‘गलबन्दी’ सार्वजनिक गरेका छन् । गलबन्दीलाई प्रकाशले ‘बोलमाया’को प्रिक्वेल भएको बताएका छन् । उनले यो गलबन्दी रोधीमा आधारित रहेर निर्माण गरेको बताएका छन् ।

गीतमा उनले प्रयोग गरेका लोक बाजा, शब्द र लयलाई दर्शकले वाहीवाही गरेका छन् । गीत शब्द, लय र संगीत, निर्देशन प्रकाश आफ्नै छ भने गायनमा गायिका शान्ति श्री परियारले उनलाई साथ दिएकी छिन् ।

यो भिडियोमा मोडल अञ्जली अधिकारीले यसमा अभिनय गरेकी छिन् । बोल मायामा गर्भवति भएकी अञ्जलीले गलबन्दीमा बच्चा जन्माएर स्कुले बनाईसकेकी छिन् भने अन्त्यमा छोरालाई गाउँलेले लखेट्छन् । किन लखेट्छन् त गाउँलेले ? प्रकाशले त्यो कथा ‘बोलमाया – २’ मा देखाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment