Comments Add Comment

मोरङका दुई स्थानमा कुकर बम, एक ठाउँमा रक्सीको बोतल !

१३ जेठ, विराटनगर । विप्लव समूहले आह्वान गरेको बन्दका क्रममा मोरङमा दुईवटा बम भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर प्रवेशद्धार बुढीगंगा गाउँपालिका- १ र सुन्दरहरैचा नगरपालिका- ७ मा कुकर बम भेटिएको हो । कोशी राजमार्ग र पूर्व पश्चिम राजमार्गमा भेटिएको प्रेसरकुकर बम निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्या श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मोरङको मिक्लाजुङ गाउपालिकामा पर्ने मधुमल्लामा सडकमा देखिएको संकास्पद बस्तु विस्फोटक पदार्थ नभइ रक्सीको बोतल थियो ।

सोमबार दिउँसो तार बेरिएको संकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका थिए । तर, नेपाली सेनाको टोलीले चेकजाँच गर्दा सिक्नेचर रक्सीको बोतल रहेको पाइएको थियो । सिक्नेचर रक्सीको बोतलमा प्लास्टिकले बेरेर रोखेको अवस्थामा रक्सीको खाली बोतल भेटिएको थियो ।

प्रहरीले विराटनगर प्रवेश द्धारमा भेटिएको शंकास्पद बस्तु कुकर बम भएको दावी गरेको छ । तर, डिस्पोजका लागि पुगेको नेपाली सेनाको टोलीले कुकर भित्र हिमगिरी सोपको साबुनको सानो टुक्रा र खोल मात्र भेटेको थियो ।

विप्लव बन्दकाका क्रममा सुनसरीको इटहरी र धरान सडक खण्डको जंगल क्षेत्रमा दुईवटा बम भेटिएको थियो । सेउती पुलमा भेटिएको संकास्पद बस्तु डिस्पोज गरेको केही समयपछि खनारमा पनि शंकास्पद बस्तु भेटिएको थियो । दुई स्थानमा भेटिएको संकास्पद बस्तु निस्कृय पारिएको प्रहरीले जनाएको छ ।

त्यस्तै झापाको दमक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने रतुवा पुलमा शंकास्पद बस्तु भेटिएको थियो । पुलमा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment