१३ जेठ, वीरगञ्ज । उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको सरकारमा लुटतन्त्र, भ्रष्टाचार चरम सीमामा रहेको बताएका छन् ।
समाजवादी पार्टीले वीरगञ्जमा गरेको कार्यक्रममा उनले सरकारले मुलुकका लागि राम्रो काम गर्न नसकेको स्वीकार गरेका हुन् । ‘कम्युनिष्टको सरकार छ, लुटतन्त्र, भ्रष्टाचार, कमिसनतन्त्र चरम सीमामा छ, यसरी मुलुकले तरक्की गर्न सक्दैन’ उनले भने ।
कम्युनिस्ट र कांग्रेस अहिलेसम्मको उपलब्धी समाप्त पार्ने खेलमा रहेको आरोपसमेत लगाए । ‘कांग्रेस, कम्युनिष्ट उपलब्धी रक्षा गर्न होइन, समाप्त पार्ने खेलमा लागेको छ’ उनले भने ।
यादवले पहिला आफूले संविधान जलाएर विरोध गरेको स्मरण गर्दै अहिले संविधान कार्यान्वयन गर्ने क्रममा अप्ठेरो परेको बताए । ‘संविधानको मौलिक हकमा धेरै कुरा उल्लेख छ, त्यसलाई कार्यान्वयन गर्न ऐन बनउनुपर्छ । ऐन बनाएर लग्यो यो कसरी हुन्छ भन्छन्’ उनले भने ‘पहिले उत्कष्ट संविधान भन्नेहरु अहिले चुप छन् ।’
परिवर्तनकारी, क्रान्तिकारी शक्ति मिलेपछि आफूलाई राष्ट्रिय पार्टी भन्ने कम्युनिष्ट, कांग्रेसहरुको होस हवास उडेको उनको भनाइ छ । अहिलेको उपलब्धी रक्षा गर्नकै लागि आफूहरुले पार्टी एकता गरेको यादवले दावी गरे ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4