Comments Add Comment

दिशाको पीडा–‘अब सलमानसँग रोमान्स गर्न पाउँदिनँ’

नायिका दिशा पटानीले चलचित्र ‘भारत’मा नायक सलमान खानसँग रोमान्स गर्दैछिन् । यो चलचित्रको प्रमुख पात्र त दिशा हैनन् तर, उनले केही दृष्यमा सलमानसँग रोमान्स गर्ने अवसर पाएकी छिन् । सलमान र उनले एक गीतमा रोमान्स पनि गरेका छन् ।

यस्तैमा दिशाले एक अन्तरवार्तामा अब भने सलमानसँग रोमान्स गर्ने मौका नपाउने बोलेकी छिन् । आखिर, किन त ? दिशा भन्छिन्–‘सलमान सर र मेरो उमेर अन्तर धेरै छ । त्यसैले पनि मलाई लाग्दैन हामीले पुनः रोमान्स गर्नेछौ ।’

दिशाले भारतमा भने सलमानको उमेर २० बर्षदेखिको देखाइएको हुँदा उनीसँग रोमान्स गर्ने मौका पाएको खुलाइन् । ‘भारतमा त उहाँले २० वर्षको उमेरदेखिको भूमिका निर्वाह गर्नुभएको छ । त्यसैले उहाँसँग रोमान्सको मौका मिल्यो । अब यो संयोग मिल्दैन होला ।’

दिशाले सलमानबाट धेरै कुराहरु सिक्ने मौका पाएको समेत बोलेकी छिन् । उनले भनेकी छिन्–‘उहाँ धेरै मिहिनेती हुनुहुन्छ । साच्चिकै असल मान्छे पनि । उहाँबाट धेरै कुराहरु सिक्न पाएको छु ।’ यो चलचित्र जुन ५ बाट रिलिज हुँदैछ । चलचित्रमा नायिका कट्रिना कैफलाई सलमानको जोडीको रुपमा देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment