Comments Add Comment

गुल्मी कारागारका कैदीबन्दीले कमाउँछन् मासिक १० हजार

१४ जेठ, गुल्मी । कारगारभित्रै कसरी कमाउन सकिन्छ ? धेरैलाई अचम्म लाग्न सक्छ । तर, सीपको सदुपयोग भयो भने कारागारभित्र पनि राम्रै आम्दानी गर्न सकिन्छ ।

जिल्ला कारागार गुल्मी बाहिरबाट हेर्दा कारागार जस्तै छ । भित्र पुगेपछि अनुशासित र पौरखीहरुको बेग्लै संसार देखिन्छ । ६९ जना कैदीबन्दी कसैको हात पनि खाली हुँदैन ।

गुल्मी कारागार भित्रको दृश्य कुनै ठूलो उद्योग, कारखाना जस्तै छ । कारागारभित्र रहेका कैदीबन्दीहरु कसैले बाँस चिर्दै हुन्छन्, कसैले मुढा बुन्दै, कसैलाई ढाका बुनाइको काम भ्याइननभ्याइ छ ।

जिल्ला कारागार गुल्मीका  प्रमुख अजुर्न थापाका अनुसार एउटी बालिका बाहेक ६९ जना सबैले रोजगार पाएका छन् । महिनामा १ हजारसम्म मुढा र २ सयवटा टुक्रासम्म ढाका उत्पादन हुने गरेको प्रमुख थापाले बताए । कैदीबन्दीले प्रतिब्यक्ति महिनामा १० हजारसम्म कमाउने गरेको उनले जानकारी दिए ।

कारागारलाई कारागारभन्दा पनि सुधार गृहको रुपमा विकास गर्न रंग-रोगन र सबै कोठा उज्यालो बनाउने गरी मर्मत गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

गुल्मी कारागार परम्परागत शैलीमा बनेकोले यसलाई सामान्य मर्मतले भए पनि काम गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।

कैदीबन्दीले तयार गरेका मुढा ।

२५ जनाको क्षमता भएपनि यहाँ तेेब्बर बढी कैदीबन्दी बस्दै आएका छन् । प्रजिअ पौडेलले कैदीबन्दीलाई बन्दी जीवनभन्दा पनि सुधार हुँने अवसर दिनको लागि बिभिन्न संघसंस्थाबाट तालिमहरु दिएर सामग्रीहरु उत्पादन गर्दै आएको बताए ।

कारागार गुल्मीमा उत्पादिन मुडाहरु जिल्लामा र जिल्ला बाहिर परिचित मानिन्छ । कैदी बन्दीहरुलाई बिभिन्न तालिमहरु दिएर सपि मुलक सिक्ने ठाउँ बनाउने प्रयास गरिएको छ ।

कैदीबन्दीले समाजमा जाँदा सकरात्मक सोचको विकासा गर्न मनोविज्ञान सम्बन्धी तालिम तालिम दिइएको थियो । कारागारभित्र रहेका ४ जना महिलाहरुलाई सुइटर बुनाइ सम्वन्धि ग्रेडिङ्ग तालिम दिन सुरु भएको ।

बन्दी जीवनबाट मुक्त हुनेबेला भएका २६ जनालाई एक महिने हाउस वायरिङ्ग तालिम पनि दिइएको छ । गुल्मी कारागारबाट उत्पादन हुने बिभिन्न बस्तुहरु बिक्री गरेर ४० लाख बढीको कारोबार हुने गरेको छ ।

कारागारभित्र गरिएको बिभिन्न तालिमहरुले उनीहरुमा सकरात्मक सोचको विकाससँगै जिविकोपार्जनमा पनि टेवा पुगेको कारागार प्रमुख थापाले बताए ।

कैदीबन्दीले बुनेका ढाकाका टुक्रा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment