
१६ जेठ, काठमाडौं । आईसीसी वन डे वर्ल्ड कप क्रिकेट बिहीबारबाट इंग्ल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताको उदघाटन समारोह सुरु हुनुअघि क्रिकेट टिमका कप्तानहरुले महारानी एलिजावेथसँग सामुहिक भेटवार्ता गरेका छन् ।
यस वर्ल्डकपमा इंग्ल्याण्डसहित १० टिम सहभागी छन् । भारत, पाकिस्तान, अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, न्यूजिल्याण्ड, वेष्टइन्डिज, श्रीलंका र दक्षिण अफ्रिकाले प्रतियोगितामा भाग लिएका हुन् ।
पहिलो खेल बिहीबार इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुने छ । यो प्रतियोगितामा राउन्ड रोबिन र नकआउट फर्म्याटमा खेल खेलाइने छ । वर्लडकपको ४४ वर्षे इतिहासमा दोस्रो पटक यो फर्म्याटमा खेल खेलाउन लागिएको हो । पहिलो पटक सन् १९९२ मा राउन्ड रोबिन फर्म्याट वर्लड कप क्रिकेट खेलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4