+
+
Shares

पहिलो र दोस्रो संविधानसभाका सभासद राष्ट्रपतिबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १६ गते १०:२७

१६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गरेकी छन् । शितल निवासमा बिहीबार बिहान आयोजित समारोहमा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत छन् ।

यसैगरी पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सुशील कोइरालाको नाम पनि सम्मानित हुनेहरुको सूचीमा छ ।

संविधानसभा पदक वितरणका लागि गृह मन्त्रालयले १ हजार १ सय ९ जनाको नामावली सार्वजनिक गरेको थियो । तर, कतिपय व्यक्तिहरु भने पदक ग्रहण गर्न सहभागी भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?