Comments Add Comment

‘प्रेमदिवस’को शिर्ष गीतमा प्रियंका र आयुष्मानको प्रेम

चलचित्र ‘प्रेमदिवस’को शिर्ष गीत रिलिज भएको छ । चलचित्रको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । जेठको ३१ गतेबाट रिलिज हुने यो चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

रियल मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता संजय न्यौपाने हुन् । सार्वजनिक शिर्ष गीतमा सुरज तामाङ र शैली आर एल सिंहको स्वर, सन्तोष पोखरेलको शब्द, करणराज कार्कीको संगीत छ ।

प्रदिप भारद्धाजको लेखन रहेको चलचित्रमा कविराज गहतराको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । चलचित्रको शिर्ष गीतले यूवायूवतीको प्रेमलाई बोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment