+
+
Shares

कांग्रेस र कम्युनिस्टलाई विश्राम गर्न दिनुपर्छ : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १८:१५

१७ जेठ, बुटवल । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कांग्रेस र कम्युनिस्ट पार्टीबाट समृद्धि र सुशासन सम्भव नरहेको दावी गरेका छन् ।

कांग्रेस र कम्युनिस्ट दुबैले संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा योगदान गरेर लामो समय सरकार चलाए पनि भ्रष्टाचार र कुशासनमा डुबेकाले जनताले चाहेको समृद्धि र सुशासन प्राप्त नहुने तर्क गरे ।

‘कांग्रेस र कम्युनिस्टलाई विगतमा गरेको योगदानको यथोचित धन्यवाद दिंदै विश्राम दिनुपर्छ,’ भट्टराईले भैरहवामा पत्रकारसंग भने, ‘भ्रष्टाचारबाट मुक्ति पाउन र सुशासनसहितको समृद्धिका लागि जनताले कांग्रेस र कम्युनिस्टको विकल्प खोज्नैपर्छ ।’

विगतमा पनि भ्रष्टाचार भएको तर अहिलेको सरकार बनेपछि झन् ठूला भ्रष्टाचारका काण्डहरु बढेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बढ्दो भ्रष्टाचारका कारण जनताले संघीय गणतन्त्रमा पनि नयाँपनको अनुभूति गर्न नपाएको दावी गरे ।

हालै आएको बजेट आर्थिक क्रान्तिमा केन्द्रित नभएको र परम्परागत ढर्राकै रहेकाले आशावादी हुने ठाउँ नरहेको भट्टराईले टिप्पणी गरे । ‘दुई तिहाईको बलियो सरकारले ल्याउने बजेट यस्तो हुँदैन,’ भट्टराईले भने, ‘विकास खर्च थोरै छ,त्यो पनि खर्च गर्ने सामथ्र्य सरकारमा छैन,यस्तो अवस्थामा वजेटबाट के आशा गर्ने ?’

संविधान संशोधन नभए मुलुक फेरि दुर्घटनामा पर्नसक्ने चेतावनी दिदै भट्टराईले आफ्नो पार्टीले यथाशीघ्र संविधान संशोधनका लागि सरकारलाई आग्रह गरेको र दुर्घटना नहोस् भनेर सरकार छाडिनहालेको स्पष्ट पारे ।

‘संविधान संशोधन अपरिहार्य छ,तर दुर्घटना नहोस् भनेर तत्काल सरकार नछाडेको हो,’ भट्टराईले भने, ‘सय किलोमिटर गतिमा गुडिरहेको गाडीलाई एक्कासी ६० मा ल्याउन त सकिन्न नि त्यस्तै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?